पाँच बर्ष पछि अत्तरिया उद्योग वाणिज्य संघको चुनावी साधारण सभा

अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन तथा चौथो साधारण सभा आईतबार शुरु भएको छ । ५ बर्ष पछि नयाँ नेतृत्व चयन गर्नको लागि आईतबार चुनावी साधारण सभा भएको हो।

संघको विद्यान अनुसार उक्त समितिको कार्यकाल २ बर्षको भएपनि कोरोना लगायतका कारण देखाउँदै साधारण सभा हुन सकेको थिएन। जसका कारण नियमित साधारण सभा नभएको र संघको काम कारबाही रोक्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा गत चैतमा उजुरी समेत परेको थियो । उजुरी पछि प्रसासनले संघलाई मिति तोक्न बाध्य बनाएको थियो ।

कार्यालयमा परेको उजुरी अनुसार प्रसाशनले जेठ २५ अगावै अधिबेशन गर्न समयसिमा दिएपछि संघले जेठ २४ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको थियो । तर संघको कार्यालयमा तालाबन्दी भएपछि जिल्ला प्रशासन कार्यालयले सहमति गरेर साधारण सभा गर्न भनेपछि साधारण सभा रोकिएको थियोे ।

सदस्यता लगाएतका बिभिन्न कुराहरुमा असहमती जनाउँदै बर्तमान उपाध्यक्ष कमल कडायत समुहले जेठ २१ गते संघको कार्यालयमा ताला लगाएको थियो । तालाबन्दीमा कडायतलाई नेकपा एमाले निकट व्यवसायीहरुले समेत सर्मथन गरेका थिए । तर सदस्यता विवाद समाधान भएसँगै संघले फेरी एक सूचना जारी गर्दै संघको चुनावी साधारण सभा यही असार १० गते गर्ने निर्णय गरेको हो ।

त्यसपछि संघको अवैधानिक समितिले गरेका कुनै पनि निर्णय आफुहरुलाई स्विकार्य नहुँने भन्दै एमाले निकट व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले असार १ गते पत्रकार सम्मेलनको आयोजना गरेर प्रेस विज्ञप्ती जारी गर्दै विधान अनुसार अवैधानिक ठहरिएको वर्तमान समितिले गरेका कुनै पनि निर्णय आफुहरुले नस्विकार्ने बताएका थिए ।

आईतबार संघका अध्यक्ष अशोकराज देबकोटाको सभापतित्वमा भएको उदघाटन सत्रमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । साधारण सभाको उद्घाटन सत्रमा बिभिन्न संघ संस्थाका प्रतिनिधी, सामाजसेवी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । उद्घाटन सत्रको सञ्चालन संघका प्रेस सल्लाहकार गोबिन्द रोस्याराले गरेका थिए ।

यसअघि २०७५ मा भएको निर्वाचनमा एमाले र कांग्रेसको प्यानल बनाएर चुनाव भएको थियो । जसमा एमाले प्यानलका टिकाराम आचार्यलाई पराजित गर्दै कांग्रेस प्यानलका अशोकराज देवकोटा निर्वाचित भएका थिए । यस पटकको चुनावमा भने हालसम्म संस्थापन पक्ष र खड्का प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.