अत्तरिया उद्योग वाणिज्य संघको चुनावी अधिवेशन सर्यो

अत्तरिया : अत्तरिया उद्योग बाणिज्य संघको चुनावी अधिबेशन अब असार १६ गते हुने भएको छ । आईतबार आबश्यक गणपुरक संख्या ६१ प्रतिशत नपुगेपछी बिधान अनुसार कार्य समितिले ७ दिन पछि गर्ने निर्णय गरेको संघका महासचिव यज्ञराज जोशीले बताए ।

संघका सदस्य १५ सय ६३ रहेका छन् । आईतबार नै चुनाव हुनको लागि उपस्थिति ९ सय ५४ जनाको अनिवार्य हुनुपर्ने कानुनी प्राबधान रहेको छ । तर आईतबार झण्डै २ सयको मात्रै उपस्थिति रहेको थियो।

संघको तेस्रो अधिबेशन तथा चौथो साधारण सभाको उदघाटन सत्र भने आईतबार नै सकिएको छ । संघका अध्यक्ष अशोकराज देबकोटाको सभापतित्वमा भएको उदघाटन सत्रमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । साधारण सभाको उद्घाटन सत्रमा बिभिन्न संघ संस्थाका प्रतिनिधी, सामाजसेवी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

यसअघि २०७५ मा भएको निर्वाचनमा एमाले र कांग्रेसको प्यानल बनाएर चुनाव भएको थियो । जसमा एमाले प्यानलका टिकाराम आचार्यलाई पराजित गर्दै कांग्रेस प्यानलका अशोकराज देवकोटा निर्वाचित भएका थिए ।

यस पटकको चुनावमा भने हालसम्म संस्थापन पक्ष र खड्का प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.