हार्डवेयर व्यवसायी कार्की एमाले जिल्ला किमिटी सदस्यमा मनोनित

अत्तरिया : कैलालीका हार्डवेयर व्यवसायी नैन सिंह कार्की नेकपा एमाले जिल्ला किमिटी सदस्यमा मनोनित भएका छन् । एमालेको धनगढीमा सोमबार बसेको जिल्ला कमिटी बैठकले कार्कीलाई कैलाली जिल्ला कमिटीको सदस्यमा मनोनित गरेको हो।

Godawari_Tato hawa_Lu

एमालेमा आवद्ध हार्डवेयर व्यवसायी संघ कैलालीका उपाध्यक्ष तथा अत्तरिया उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष कार्की बिभिन्न संघसंस्थामा पनि  आवद्ध रहेका छन् ।

अत्तरियामा सिताशक्ति ट्रेड लिंक हार्डवेयर सञ्चालन गरिरहेका कार्की बिभिन्न सामाजिक कार्यमा समेत अग्रसर रहेका छन् । लामो समयदेखी राजनितीमा लागेका उनी व्यवसायीसंगसंगै व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएका छन् ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.