हार्डवेयर व्यवसायी कार्की एमाले जिल्ला किमिटी सदस्यमा मनोनित

अत्तरिया : कैलालीका हार्डवेयर व्यवसायी नैन सिंह कार्की नेकपा एमाले जिल्ला किमिटी सदस्यमा मनोनित भएका छन् । एमालेको धनगढीमा सोमबार बसेको जिल्ला कमिटी बैठकले कार्कीलाई कैलाली जिल्ला कमिटीको सदस्यमा मनोनित गरेको हो।

एमालेमा आवद्ध हार्डवेयर व्यवसायी संघ कैलालीका उपाध्यक्ष तथा अत्तरिया उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष कार्की बिभिन्न संघसंस्थामा पनि  आवद्ध रहेका छन् ।

अत्तरियामा सिताशक्ति ट्रेड लिंक हार्डवेयर सञ्चालन गरिरहेका कार्की बिभिन्न सामाजिक कार्यमा समेत अग्रसर रहेका छन् । लामो समयदेखी राजनितीमा लागेका उनी व्यवसायीसंगसंगै व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएका छन् ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.