आज देशभर सार्वजनिक विदा

काठमाण्डौ : सरकारले बकर ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.