गेटा विश्वविद्यालको गेट अगाडि रोपाइँ

अत्तरिया : गेटा विश्वविद्यालको गेट अगाडी धान रोपाइँ गरिएको छ। आज धान दिवसको अवसर पारेर विश्वविद्याल स्थापनार्थ दबाब दिन रोपाइँ गरिएको हो ।

शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत आज बिहान विश्वविद्यालयको मुल गेट अगाडी धान रोपेको छ ।

सरकारलाई साँकेतिक रूपमा दबाब दिन असर १५ को अवसर पारेर रोपाइँ गरिएको संघर्ष समितिले जनाएको छ ।

तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरी ६ सय शैय्याको अस्पताल संचालन गर्न सरकारलाई दवाव दिन सांकेतिक विरोध स्वरुप विश्वविद्यालयको गेट अगाडी धान रोपिएको संघर्ष समितिका प्रवक्ता गणेश शाहले बताए ।

सरकारले विश्वविद्यालय स्थापनाको लागि ठोस कार्य योजना अघि नबढाएको भन्दै समितिले आन्दोलन गर्दै आएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.