गोदावरी-६ को रामजानकी टोलमा सडक बत्ती जडान

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ रामजानकी टोलमा स्मार्ट सडक बत्ती जडान गरिएको छ । वडाले चालु आर्थिक बर्ष २०७९/०८० को बजेटबाट टोलमा १३ वटा सडक बत्ती जडान गरेको हो ।

स्थानिय टोलबासीको उपस्थितीमा वडाध्यक्ष जग्गुराम चौधरीले आज (शनिबार) सडक बत्तीको उद्घाटन गरेका छन् । वडाले रामजानकी ग्रामीण सहकारी संस्थासंग समुन्वय गरेर १३ वटा सडक बत्ती जडान गरिएको वडाध्यक्ष चौधरीले बताए । उनले वडालाई उज्यालो बनाउने अभियान अन्तर्गत रामजानकी टोलबाट शुरुवात गरिएको र आगामी आर्थिक बर्षमा वडाभरी नै सडक बत्ती जडान गरिने बताए ।

उक्त टोलमा करिब ३ सय घरपरिवार रहेका छन् । रातको समयमा झलमल्ल बत्ती बलेपछि स्थानिय हर्षित भएका छन् । सडकमा बत्ती जडान भएपछि अब भने रातको समयमा उज्यालोमा हिड्न पाउने भन्दै स्थानिय हर्षित भएका हुन् ।

सडक बत्ती भएपछि सडकमा हुन सक्ने सम्भावित दुर्घटना तथा अपराधहरुमा कमी आउने स्थनीयको विश्वास छ ।

वडामा सडक बत्ती जडान गरेर उज्यालो हुनुका साथै रातको समयमा हुने अपराधिक घटना न्यूनीकरण गर्न सहज हुने वडा सदस्य दिपक कठायतले बताए । उनले वडामा जडान गरिएका स्मार्ट सडक बत्तीको जिम्मेवारी रामजानकी ग्रामीण सहकारी संस्थाले लिएको बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.