कृष्णपुरले शुरु गर्यो जग्गाधनी पुर्जा वितरण

पहिलो चरणमा ६५ जनाले पाए जग्गाधनी पुर्जा

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालीकाले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको कार्य सुरु गरेको छ । शनिबार एक कार्यक्रमका विच भुमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जीता श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेकी हुन् । वडा नम्बर ७ का ६५ जना अव्यवस्थीत बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेर अभियान शुरु गरिएको छ ।

जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकार सबै भुमिहिन शुकुम्बासीलाई जग्गाको मालिक बनाउने तर्फ लागेको बताईन् । उनले अब सरकारले देशैभरीका जमिन नभएका जनतालाई जमिन वितरण गर्ने समेत उदघोष गरिन् । ‘अहिले शुरुवात भएको छ । देशभर बितरण प्रक्रिया शुरु पनि भएको छ । देशभरका अव्यवस्थित बसोबासीहरु जग्गाको मालिक बन्ने छन् । सरकार अहिले त्यही काममा लागिपरेको छ’ उनले भनिन् ।

मन्त्री श्रेष्ठले अव्यवस्थित बसोबासीको हकमा लालपुर्जाका लागि लाग्ने राजस्व दस्तुर घटाउने प्रतिबद्धता जाहेर गरिन । ‘मैले राजस्व घटाउने बारेमा मन्त्रीपरिष्दमा विषय उठाउँछु,’ मन्त्री श्रेष्ठले भनिन ‘सबै ठाँउबाट राजस्व बढि भएको गुनासो आएको छ, मन्त्रालयले यसमा हेर विचार गर्छ, सम्बोधन पनि गर्छ ।’ सरकारले नागरिकको सुविधाकालागी विभिन्न जनमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई थियो ।

यस्तै कृष्णपुर नगरपालिका मेयर हेमराज ओझाले यो सुरुवात मात्रै भएको र आगामी दिनमा नगरका जनतालाई जमिनको मालिक बनाउने कामकाज निरन्तर अघि बढाउने बताए । उनले चुनावका बेला जनतालाई लालपुर्जा दिलाउने प्रतिबद्धता जाहेर गरेको स्मरण गर्दै उक्त बाचा पूरा गरेर नै छोड्ने बताएका छन् । उनले जग्गाधनी पुर्जाको राजस्व असाध्यै बढी भएको र नागरिकले त्यति महंगो राजस्व तिरेर जग्गाधनी पूर्जा लिन सक्ने अवस्था नरहेको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीलाई जानकारी गराउदै यस बिषयमा पनरविचार गरिदिन पनि आग्रह गरे । नगरप्रमुख ओझाले जग्गा नापजाँचका क्रममा आएको टिओआरको आधारमा रकम तिर्ने अवस्था आएमा कृष्णपुर बासीले पुर्जा लिन सक्ने अवस्था नरहेको बताए ।

आफुले भोगचलन गर्दै आएको दशकौँपछी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाँउदा जग्गाधनीहरु खुसी भएका छन् ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख ओझाको सभापतित्वमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी प्रमुख अतिथी रहेकी थिइन । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका माननीय दिपा चौधरी, कृष्णपुर नगरपालिकाकी नगर उप–प्रमुख द्रोपती राना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महानिर्देशक जनकराज जोशी, नापी विभागका महानिर्देशक जनक राज जोशी, राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुंगाना, राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय, राष्ट्रिय भूमी आयोग जिल्ला कञ्चनपुरका सदस्य दिल बहादुर देउवा, नापी कार्यालय धनगढीका प्रमुख सुदर्शन धामी, राष्ट्रिय भूमी आयोग जिल्ला समिति सदस्य कञ्चनपुरका पार्वती नेगी, नापी कार्यालय कञ्चनपुरका प्रमुख एवम् राष्ट्रिय भूमी आयोगका सदस्य सचिव पुष्कर बहादुर पाल, मालपोत कार्यालय कञ्चनपुरका प्रमुख शिव राज भट्ट लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.