अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि यहि असार २३ गते निर्वाचन हुने भएको छ । आज आबश्यक ५१ प्रतिशत (९२५) गणपुरुक संख्या पुगेपछि कार्य समितिले निर्बाचनको मिती घोषणा गरेको हो ।
जेठ १० गते उद्घाटन सत्रको साधारण सभामा आवश्यक गणपुरक संख्या नपुगेपछि शनिबारका लागि साधारण सभा बोलाईएको थियो । निर्वाचन प्रक्रिया अनुसार अब असार १७ गते अन्तिम नामावली प्रकाशन गर्ने, असार १८ गते उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको निर्बाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्वको लागि दुई टिम चुनावी मैदानमा होमिने भएका छन् । तर दुबै टिमले प्यानल घोषणा गर्न बाँकी नै छ । अध्यक्ष को लागि हालका बरिष्ठ उपाध्यक्ष कल्याण सिँ बोहरा र कार्य समिति सदस्य मिना देउबाले उम्मेदवारी दर्ता गर्ने बुझिएको छ ।
दुबै टिम आन्तरिक छलफलमा ब्यस्त रहेका छन् । संघका झन्डै १५ सय बढी मतदाता रहेका छन् । ५ बर्ष पछि नयाँ नेतृत्व चयनका लागि चुनाव हुदेछ ।