अत्तरिया उद्योग बाणिज्य संघ निर्वाचन: अध्यक्षमा ३ जना उम्मेदवार,दुई प्यानल चुनावी मैदानमा
बोहराको प्यानलमा पुरानै अनुहार,देउवाको प्यानलमा देउवा बाहेक सबै नयाँ
अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि यहि जेठ २३ गते निर्वाचन हुदैछ । निर्वाचनमा ३ जना अध्यक्षका उम्मेदवार रहेका छन् भने दुई प्यानल सहित चुनावी मैदानमा होमिएका छन् । सोमबार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्षमा कल्याण सिंह बोहरा, मिना देउवाले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन भने कवि राज भट्टले एकल रुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । अध्यक्षका उम्मेदवार तीनै जना अत्तरिया उद्योग बाणिज्य संघका हालका पदाधिकारी हुन् । कल्याण सिंह बोहरा बरिष्ठ उपाध्यक्ष, कविराज भट्ट उपाध्यक्ष हुन भने मिना देउवा सदस्य हुन् । कल्याण सिंह बोहराको टिममा पुरानै अनुहार पुनः दोेहोरिएको छ ।
जसको बरिष्ठ उपाध्यक्ष (उद्योग) पदमा हालका महासचिव यज्ञराज जोशी, उपाध्यक्ष (बाणिज्य) पदमा हालका सदस्य देबराज भट्ट र उपाध्यक्ष (बस्तुगत) पदमा चेतराज पन्त रहेका छन् । यस्तै महासचिवमा हालका सचिव शंकर खड्का रहेका छन भने कोषाध्यक्षमा हेमराज भण्डारी र सचिबमा हालका सदस्य दिपिन कुमार साउँद रहेका छन् । पदाधिकारीमा भण्डारी मात्रै नयाँ अनुहार हुन अरु सबै पुरानै कार्यसमितिमा रहेका थिए । यस्तै सदस्य पदमा सोही टिमबाट ज्ञानेन्द्र खडका, मनोज सदाशंकर, बम बहादुर बोगटी र रमेश भट्टराई रहेका छन् । सदस्य पदका उम्मेदवार भने नयाँ अनुहार हुन् ।
त्यस्तै मिना देउवाको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दलबहादुर खड्का, उपाध्यक्षमा फागुराम चौधरी र लक्ष्मण धामी रहेका छन भने महासचिवमा अर्जुन खडका, सचिवमा हर्क विक र कोषाध्यक्षमा दिपकराज भट्ट रहेका छन् । यस्तै सदस्यहरुमा दिलबहादुर शाहु, बालकृष्ण ओझा, भरत बहादुर कोली र नवीन साउँद रहेका छन् । देउवा प्यानलबाट देउवा बाहेक सबै नयाँ अनुहार हुन् ।
दुबै प्यानलले चुनावी प्रचारप्रसारलाई तिव्रता दिईरहेका छन भने एकल रुपमा उम्मेदवार रहेका भट्टले पनि प्रचारप्रसारमा तिव्रता दिईरहेका छन्। देउवा प्यानलले असार ९ गते पत्रकार सम्मेलन गरेर टिम सार्वजनिक गरेको हो भने बोहरा प्यानलले सोमबार बिहान सार्वजनिक गरेको हो। सोमबार नै दुवै प्यानलले उम्मेदवारी दर्ता गरेका छन भने अध्यक्षमा एकल रुपमा भट्टले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
यसअघि अत्तरिया उद्योग बाणिज्य संघकको नयाँ नेतृत्वका लागि कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिप्रर्धा हुने गरेको थियो । तर यस पटक भने कांग्रेसकै नेताहरु २ खेमामा विभाजित भएर चुनाव लडिरहेका छन् । यस अघि २०७५ मा भएको अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेस प्यानलबाट अशोक राज देवकोटा र एमालेको प्यानलबाट टिकाराम आचार्य चुनावी मैदानमा होमिएका थिए । देवकोटाले ४ सय ५ मत पाएर विजयी भएका थिए भने आचार्यले २ सय ३० मत पाएका थिए ।
अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा १ हजार ५६३ जना मतदाता रहेका छन ।
