बैतडीका शिक्षक विष्टको हत्यामा संलग्न दम्पतीलाई जन्मकैद

बैतडी : बैतडीमा एक दम्पतीलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या संलग्न भनिएका दम्पतीला जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको हो ।

शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरा र उनकी श्रीमती २२ वर्षीया श्रीमती बिमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो । बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो ।

प्रजालाई मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ ९२० बमोजिम जन्मकैद र मतियार देखिएकी विमलालाई अपराधसंहिता २०७४ को दफा ३६ (३) (ख) बमोजिम छ वर्ष कैद गरिने अदालतका स्रेस्तेदार जनकसिंह बोहराले जानकारी दिए ।

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक विष्ट गत पुस २ गते श्रीकृष्ण माविको छात्रवास पछाडि मृत अवस्थामा भेटिएका थिए । शिक्षक विष्टको हत्यामा संल्गन रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.