अत्तरिया बसपार्कमा पार्किङ शुल्क उठाउन १ करोड बढीको ठेक्का

अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा पार्किङ शुल्क उठाउनका लागि ठेकेदार छनोट गरिएको छ । नेपाली सेना मातहत रहेको जग्गामा निर्माण गरिएको बसपार्कलाई गोदावरी नगरपालिकाले आगामी आर्थीक वर्षका लागि ठेकेदार छनोट गरेको हो ।

बसपार्कमा पार्कीङ शुल्क उठाउनको लागि भैरवकाली निर्माण सेवालाई छनोट गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताए । उक्त निर्माण सेवाले बसपार्क ठेक्का वाफत आर्थिक बर्ष २०८०/०८१ मा नगरपालिकालाई १ करोड ३ लाख ५१ हजार एक सय ११ रुपैयाँ बुझाउने सहमति भएको छ ।

यस्तै नगरपालिकाले कवाडी कर संकलनका लागि सोनु राज एण्ड ट्रेड सप्लायर्स धनगढीलाई स्विकृत गरेको छ । उक्त फर्मले आर्थिक बर्ष २०८०/०८१ मा नगरपालिकालाई १ करोड १० लाख ५१ हजार बुझाउने छ ।

दुवै फर्मलाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि स्विकृत गरेको भएपनि सम्झौता गर्न भने बाँकी रहेको छ । नगरपालिकाले बसपार्क र कवाडी कर संकलनका लागि जेठ १४ गते बोलपत्र आह्वान गरेको थियो ।

जसमा बसपार्कको पार्किङ शुल्क संकलनका लागि न्यूनतम ६२ लाख राखिएको थियो भने कवाडी करका लागि न्यूनतम ४४ लाख रकम तोकिएको थियो । अत्तरिया बसपार्कबाट नगरपालिकाले आर्थीक बर्ष २०७६-०७७ देखि ठेक्का मार्फत पार्किङ शुल्क उठाउँदै आएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.