अत्तरिया उद्योग बाणिज्य संघको निर्वाच आज हुदै, ११ पदका लागि २३ जना उम्मेदवार

अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि पाँच बर्ष पछि निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन । मतदान दुर्गालक्ष्मी नमुना माविको प्राङ्गणमा बिहान ८ बजेदेखि हुनेछ । ११ पदका लागि हुने निर्वाचनका लागि २३ जनाले उम्मेदवारी दिएका छन ।

संघको नयाँ कार्यसमितिको अध्यक्षका लागि ३ जना र उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष (वस्तुगत), महासचिव, कोषाध्यक्ष, सचिवका लागि २/२ जनाले उम्मेदवारी दिएका छन । त्यस्तै संघको ४ जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । ३ जना अध्यक्षका उम्मेदवार रहेका छन् भने दुई प्यानल सहित चुनावी मैदानमा होमिएका छन् ।

अध्यक्षमा कल्याण सिंह बोहरा, मिना देउवा प्यानल सहित चुनावि मैदानमा छन भने कवि राज भट्ट एकल रुपमा अध्यक्षका उम्मेदवार छन् । अध्यक्षका उम्मेदवार तीनै जना अत्तरिया उद्योग बाणिज्य संघका हालका पदाधिकारी हुन् । कल्याण सिंह बोहरा बरिष्ठ उपाध्यक्ष, कविराज भट्ट उपाध्यक्ष हुन भने मिना देउवा सदस्य हुन् ।

कल्याण सिंह बोहराको टिममा पुरानै अनुहार पुनः दोेहोरिएको छ । जसको बरिष्ठ उपाध्यक्ष (उद्योग) पदमा हालका महासचिव यज्ञराज जोशी, उपाध्यक्ष (बाणिज्य) पदमा हालका सदस्य देबराज भट्ट र उपाध्यक्ष (बस्तुगत) पदमा चेतराज पन्त रहेका छन् ।

यस्तै महासचिवमा हालका सचिव शंकर खड्का रहेका छन भने कोषाध्यक्षमा हेमराज भण्डारी र सचिबमा हालका सदस्य दिपिन कुमार साउँद रहेका छन् । पदाधिकारीमा भण्डारी मात्रै नयाँ अनुहार हुन अरु सबै पुरानै कार्यसमितिमा रहेका थिए । यस्तै सदस्य पदमा सोही टिमबाट ज्ञानेन्द्र खडका, मनोज सदाशंकर, बम बहादुर बोगटी र रमेश भट्टराई रहेका छन् । सदस्य पदका उम्मेदवार भने नयाँ अनुहार हुन् ।

त्यस्तै मिना देउवाको प्यानलबाट बरिष्ठ उपाध्यक्ष (उद्योग) पदमा दलबहादुर खड्का, उपाध्यक्ष (बाणिज्य) पदमा फागुराम चौधरी र उपाध्यक्ष (बस्तुगत) पदमा लक्ष्मण धामी रहेका छन भने महासचिवमा अर्जुन खडका, सचिवमा हर्क विक र कोषाध्यक्षमा दिपकराज भट्ट रहेका छन् । यस्तै सदस्यहरुमा दिलबहादुर शाहु, बालकृष्ण ओझा, भरत बहादुर कोली र नवीन साउँद रहेका छन् । देउवा प्यानलबाट देउवा बाहेक सबै नयाँ अनुहार हुन् ।

विधान अनुसार प्रत्येक २ बर्षमा हुनुपर्ने उद्योग बाणिज्य संघको निर्वाचन कोरोना लगायतका कारणले ५ बर्षदेखि हुन सकेको थिएन । लामो समय सम्म साधारण सभा र अघिवेसन नगरेको भन्दै यसअघि चर्को विरोध समेत हुँदै आएको थियो ।

यसअघि अत्तरिया उद्योग बाणिज्य संघकको नयाँ नेतृत्वका लागि कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिप्रर्धा हुने गरेको थियो । तर यस पटक भने कांग्रेसकै नेताहरु २ खेमामा विभाजित भएर चुनाव लडिरहेका छन् ।

यस अघि २०७५ मा भएको अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेस प्यानलबाट अशोक राज देवकोटा र एमालेको प्यानलबाट टिकाराम आचार्य चुनावी मैदानमा होमिएका थिए । देवकोटाले ४ सय ५ मत पाएर विजयी भएका थिए भने आचार्यले २ सय ३० मत पाएका थिए ।

अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा १ हजार ५ सय ६३ जना मतदाता रहेका छन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.