कैलालीमा डेङ्गु संक्रमित बिरामी फेला

कैलाली : कैलालीमा डेङ्गु सक्रमित बिरामी फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरको वडा नम्बर–९ गौरीकटानमा डेङ्गुका बिरामी फेला परेका हुन् ।

कैलालीका निमित्त प्रमुख लालबहादुर धामीका अनुसार गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको हो । बिहीवार बिरामी भएर अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको धामीले जानकारी गराए ।

बिरामीको अहिले उपचार भइरहेको छ । अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने देखिएको छ ।

सफा पानीमा हुर्कने प्रजातिको लामखुट्टेले टोक्दा डेङ्गु संक्रमण हुन्छ । डेङ्गुबाट वच्न र बचाउन घर वरिपरि सफा पानी जम्न नदिने र दिनको समयमा लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.