अत्तरिया उद्योग बाणिज्य संघको निर्बाचन सम्पन्न, १३ सय मत खस्यो

अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । आज बिहान ८ बजेदेखि भएको निर्वाचनमा १३ सय एक मत खसेको निर्बाचन अधिकृत वीर बहादुर जेठाराले बताए ।

संघका कुल मतदाता १५ सय ६३ मध्ये १३ सय १ ले मतदान गरेका छन् ।

संघको नयाँ कार्यसमितिको अध्यक्षका लागि कल्याण सिंह बोहरा, कबिराज भट्ट र मिना देउबा उम्मेदवार छन् ।‌ देउबा र बोहरा प्यानल सहित चुनावी मैदान थिए भने भट्टले अध्यक्षमा एकल उम्मेदवारी दिएका थिए ।

त्यस्तै उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष (वस्तुगत), महासचिव, कोषाध्यक्ष, सचिवका लागि २/२ जना उम्मेदवार छन भने संघको ४ जना सदस्यका लागि ८ जना उम्मेदवार छन् । ११ पदका लागि २३ जना उम्मेदवार छन ।

निर्बाचनले आगामी २ बर्षको लागि नेतृत्व चयन गरेको हो । २०७१ सालमा स्थापना भएको संघको अघिल्लो अधिबेशन २०७५ मा भएको थियो । तर नियमित अधिबेशन नहुँदा ५ बर्ष पछि अधिबेशन हुन लागेको हो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.