बैतडी बस दुर्घटना अपडेट : घाईते एकको मृत्यु, ३८ जना घाइते

बैतडी : बैतडीदेखि महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आज (सोमबार) पवनदूत यातायातको लु २ ख २०११ नम्बरको बस पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडक खण्डअन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ वर्षिय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा अन्य ३८ जना घाइते भएको प्रहरीको भनाइ छ ।

घाइतेहरू मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा ल्याईएको बताईएको छ ।

केही घाइतेहरूको पहिचान हुन बाँकी रहेको र २२ जना घाइतेहरूलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.