धनगढी : कैलालीको टीकापुरमा एमालेका नेतामाथि खुकुरी प्रहार भएको छ ।
नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुल्सीराम अर्यालले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताए । उनका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो ।
अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उनले बताए । शाह ग्रुप नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ ।
थप विवरण खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।
