अत्तरिया उद्योग बाणिज्य संघमा नवनिर्बाचित पदाधिकारीहरुले लिए सपथ

अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघमा नब निर्बाचित पदाधिकारी र कार्य समितिका सदस्यहरुले सपथ लिएका छन् । संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच उनिहरुलाई निर्बाचन समितिले सपथ खुवाएको हो ।

संस्थाका अध्यक्ष अशोकराज देबकोटाको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सांसद तुलसी देवकोटा प्रमुख अतिथि रहेकी थिइन् । सपथ ग्रहण कार्यक्रममा ब्यबसायीहरु, राजनीतिक दलका प्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

संघको यही असार २३ गते सम्पन्न निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिएको थियो। अध्यक्षमा कल्याण सिंह बोहरा, बरिष्ठ उपाध्यक्ष (उद्योग) दलबहादुर खड्का, उपाध्यक्ष (बाणिज्य) मा फागुराम चौधरी, उपाध्यक्ष (बस्तुगत) मा चेतराज पन्त, महासचिवमा शंकर खड्का, कोषाध्यक्षमा हेमराज भण्डारी, सचिवमा दिपिन कुमार साउँद, सदस्य पदमा रमेश भट्टराई, ज्ञानेन्द्र खडका, बम बहादुर बोगटी र बालकृष्ण ओझा निर्वाचित भएका हुन् ।

यस्तै संघको निवर्तमान कार्य समितिले उद्योग बाणिज्य संघलाई सहयोग गर्ने विभिन्न संघ संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । संघका अध्यक्ष देबकोटाले कानुन सल्लाहकार बिरबहादुर जेठारा, प्रेस सल्लाहकार गोबिन्द रोस्यारा, निर्बाचन समितिका सदस्यहरु लगाएतलाई खादा र सम्मान पत्र दिएर सम्मान गरेका हुन ।

समितिका नवनिर्वाचित पदाधिकारीहरु सपथ ग्रहण अघि प्रमाण पत्र लिदै 

Godawari_Tato hawa_Lu

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.