बाजुरा : बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनमा छानो पछाडीको रुख ढडलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मध्येराति अन्दाजी १ बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुती रहेको अवस्थामा छानो पछाडीको रुख ढलेर ल्वार र एक भैसी र पाडोसमेत मरेको बताए ।
स्थानीयले ढलेको रुखले च्यापिएर ल्वार र भैसी मरेको इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेपछि प्रहरीको टोली कोल्टीबाट घटनास्थलमा गएको छ ।