अत्तरिया : कैलालीको अत्तरियाबाट सडक मानवको उद्धार गरिएको छ। अत्तरिया स्थित महेन्द्रनगर रोडमा रहेको गोदावरी पुलनजिक सडकमा बस्दै आएका एक जना भारतिय नागरीकको बिहिबार उद्धार गरिएको हो ।
गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्टको समन्वयमा अत्तरिया उद्योग वाणिज्य संघका सदस्य रमेश भट्टराई र मानाङ्क बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रकाश कुमार जोशीले उक्त सडक मानवको उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाएका हुन ।
ईलाका प्रहरी कार्यालय मालाखेतीको रहोबरमा भारतको दिल्ली बेलिचौर घर बताउने ६८ वर्षिय महिमुल असाम अलि नाम गरेका भारतियको उद्धार गरिएको अत्तरिया उद्योग वाणिज्य संघका सदस्य रमेश भट्टराईले बताए ।
उनले विगत केही दिनदेखी उनी सो पुल नजिक बस्दै आएको भन्ने जानकारीमा आएपछि मानव सेवा आश्रमलाई खबर गरी उनको उद्धार गरिएको बताए ।
