ज्योति सिंहको अभिनयमा गायक देउवाको ‘सौराई’ गित सार्वजनिक

धनगढी : ज्योति सिंहको अभिनय रहेको गायक रोहित देउवाको नयाँ देउडा गित ‘सौराई’ सार्वजनिक भएको छ । मुसुर्दानीको सफलतापछि गायक देउवाको नयाँ देउडा गित सार्वजनिक भएको हो ।

गितको म्यूजिक,कम्पोज र आवाज गायक देउवाकै रहेको छ भने उनलाई स्वरमा दिपा सुहाङले साथ दिएकी छन् । बलबहादुर कुवरको सम्पादन र गौरव गिरीले निर्देशन गरेको म्युजिक भिडियोमा गायक देउवा उक्त गीतमा रोहित देउवा, ज्योति सिंह, गौरव गिरि र भद्रजंङ कुँवरको अभिनय रहेको छ ।

म्युजिक भिडियो शुक्रवार रोहित देउवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ हो ।

गायक देउवाले आफ्नै गाउँ कुजाकोटमा भिडियो खिचेका हुन् । गितमा बाल्यकालको माया पिरती र जन्मभुमि प्रतिको यादगार दर्शाएको छ ।मेटल ईन्स्टिच्युट/म्युजिक नेपाल प्रालिले गीतको उत्पादन गरेको छ ।

गायक देउवाको पहिलो देउडा गित ‘मुसुर्दानी’ निकै चर्चा पाएको थियो भने सामाजिक जनचेतना मुलक छाउपडी चेलीको कारुणिक पिडा रहेको देउडा गित ‘लिलु’ पनि सबैले रुचाएका थिए । गायक देउवाले दर्शक स्रोताहरुको मन जितिसकेछन् ।

हेर्नुहोस् भिडियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.