मानवसेवा आश्रममा मनाए सिराडीले आफ्नो जन्मदिन

धनगढी : बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले मानवसेवा आश्रममा आफ्नो जन्मदिन मनाएका छन् । शुक्रबार धनगढी स्थित तारानगरको मानवसेवा आश्रममा पुगेर उनले आफ्नो ३०औं जन्मोत्सव मनाएका हुन् ।

सिराडीले मानव सेवा आश्रममा साझको खाजा खुवाएर जन्मदिन मनाएका छन् । कार्यकारी अधिकृत सिराडीले आफ्नो जन्मदिनमा असहायहरुको सेवा गर्न पाउँदा निकै खुशी लागेको बताए ।

उनले अन्य फजुल खर्च गर्नुभन्दा असहाय नागरिकहरुको सेवा गर्नु नै धर्म हो भन्दै आगामी दिनमा आफुले सक्ने सहयोग मानव सेवा आश्रमलाई गर्ने बताए ।

यस्तै जन्मदिनको अवसरमा लामो समय देखि क्यान्सर रोगको उपचाररत बडिकेदार गाउँपलिका वडा नम्बर ५ थानकोट बस्ने प्रेम सिंह मल्लको उपचारमा थप सहजता होस भनी ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.