गोदावरीमा पुनः हाजिर भए फाजिलका कर्मचारी

फाजिलका कर्मचारीका लागि छुटै हाजिर

अत्तरिया : कैलालीको गोदावरी नगरपालिमा स्वास्थ्य क्षेत्रमा कार्यरत फाजिलका कर्मचारी पुनः हाजिर भएका छन् । नगरपालिकामा कार्यरत ४२ जना फाजिलका कर्मचारी मन्त्रालयमा फिर्ता गराउने भनिएपनी उनिहरु साबिक कै ठाउँमा हाजिर भएका हुन् । अहिले उनिहरु नगरपालिकाकै नियमित काममा फर्किएका छन ।

उनीहरुका लागि गोदावरीमा छुटै हाजिरीको व्यवस्था गरिएको छ । नगरपालिकाका प्रशासन प्रमुख शिवराज भाटले ४२ जना मध्ये एक जना आफ्नै पुरानो ठाउँमा फर्किएका र ४१ जना साबिककै ठाउँमा काम गरिरहेको बताए । उनीहरुलाई पहिलेको जस्तै नियमित काम गर्ने गरी हाललाई छुटै हाजिरीको व्यवस्था गरिएको उनले बताए । उनले यसअघि सबै कर्मचारीको ई–हाजिरी लाग्ने गरेकोमा अहिले फाजिलका कर्मचारीको छुटै हाजिर भइरहेको बताए ।

स्वास्थ्य मन्त्रालयले गोदावरी नगरपालिकामा विभिन्न मितिमा समायोजन/समायोजन मिलान/कामकाज गर्ने भनी आएका कर्मचारीहरुलाई नेपाल सरकारले आगामी आर्थीक बर्ष २०८०/०८१ देखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता दिन नसकिने र आफैले आवश्यकता हेरी व्यवस्था गर्न पत्र पठाएको थियो ।

नगरपालिकाले फाजिलका कर्मचारीलाई आफ्नो व्यवस्था आफै गर्न नगरको कार्यपालिका बैठकबाट निर्णय भएर नगरसभाबाट समेत अनुमोदन भएको जवाफ पठाएको थियो । फाजिलमा रहेका कर्मचारीहरुलाई श्रावण १ गते देखि तबल, भत्ता खुवाउन नसकिने भएकाले मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको थियो ।

नगरपालिकाले यसअघि नै नगरको आन्तरिक आयश्रोत घटेकाले तलब भत्ता दिन नसकिने पत्र मन्त्रालयमा पठाएको नगरपालिकाका प्रशासन प्रमुख भाटले  बताए । उनले भरखरै असार मसान्त सकिएकाले मन्त्रालयबाट यसको केही निकास निस्कने बताएका छन् । यो समस्या गोदावरीमा मात्रै नभएर देशभरीको समस्या रहेको उनले बताए ।

उता धनगढी उपमहानरपालिकामा भने स्वास्थ्यका कर्मचारी आन्दोलित बनेका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.