अत्तरिया : कैलालीको अत्तरिया बजारमा तिहार शुरु भएसंगै रौनक छाएको छ । तिहारका मालाहरुले बजारमा रंगिचंगी देखिएको छ । हिजो र आज बजारमा किनमेल गर्नेको भिड लागेको छ । नेपालीहरुको दोस्रो महान चाड दीपावली शुरु भएको छ ।
हिजो कागको पूजा गरि मनाईएको छ भने आज यमराजको दूत मानिएको कुकुर र धनकी देवी लक्ष्मीको पूजा–आराधना एकै दिन परेको छ । बिहानैबाट कुकुरको पुजा गरिएको छ भने अहिले साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ ।
बजारमा आज लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, झिलीमिली बत्ती, प्लास्टिकका मालाहरु, कपडा, र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल देखिएको छ । तिहारमा प्रयोग हुने सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।
आज बिहानैबाट बजारमा तिहारको लागि चाहिने सामान किन्नेको भिड लागेको हो । अत्तरिया लगायत कैलालीका मुख्य व्यापारिक केन्द्रहरुमा तिहारका लागि सामान किन्नेहरुको भिड लागेको छ । बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ ।
अत्तरिया बजारमा किनमेल गर्नेको भिड (भिडियो)