अत्तरियाबाट बाघको छाला सहित दुईजना पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट दुईजना बाघको छाला सहित पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका-२ रिङरोड अत्तरियाबाट बिहिबार नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरीक्षक प्रकाश बहादुर कडायतको कमाण्डको टोली र ईलाका प्रहरी कार्यालय मालाखेती बाट खटिएको सादा पोसाकको प्रहरी टोलिले बिशेष सुराकीको आधारमा उनिहरुलाई चेकजाच गर्दा पक्राउ गरेको हो ।

Godawari_Tato hawa_Lu

पक्राउ पर्नेमा बैतडी दोगडाकेदार गाउँपालिका-२ बस्ने ६५ बर्षिय देब सिंह बिष्ट र पाटन नगरपालिका-८ बस्ने ३० बर्षिय हर्क बहादुर बिष्ट लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले जानकारी दिए ।

उनिहरूको साथबाट पुच्छर सहितको ६ फिट ११ इन्च लम्बाई, २ फिट ४ ईन्च चौडाई र पुच्छर सहितको ७ फिट ३ ईन्च लम्बाई , २ फिट चौडाई भएको दुई ओटा बाघको छाला फेला पारेको उनले बताए ।‌

उनिहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाको हिरासतमा राखि थप अनुसन्धान भइरहेको बताईएको छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.