अत्तरिया : कैलालीको बुढितोला स्थित फोक्से डाँडाँमा शनिबार बृहत वृक्षारोपण कार्यक्रम गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ बुढितोलामा प्लानेट ग्रिन नेपालको हरियाली अभियान अन्तर्गत सेती सामुदायिक वनको सहकार्यमा सोहि वनमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा अभिनेत्री तथा एलिजा फाउन्डेसनकि अध्यक्ष एलिजा गाैतमसंगै बृहत जन सहभागिता रहेको थियो । सामुदायिक वनमा ज्याकरान्डा, गुलमोहर, बेगमबली, असारे, मुसुन्डा, कल्की लगायतका करिब एक हजार बिरुवा रोपिएका छन् ।
बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्धन गर्ने हेतुले सामुदायिक वनमा वृक्षारोपण गरिएको प्लानेट ग्रिन नेपालका अध्यक्ष पुष्कर जोशिले बताए । उनले प्लानेट ग्रिन नेपालको हरियाली गोदावरी अभियान अन्तर्गत लामो समयदेखि यस क्षेत्रका बिभिन्न ठाउमा बिरुवा रोपेको र गोदावरीलाई हरियाली गोदावरी बनाउने लक्ष्य रहेको बताए।
गत बर्ष पनि हजारौं बिरुवा रोपेको बताउदै अध्यक्ष जोशिले यस अभियानमा धेरैको साथसहयोग रहेको र अझैपनि सबैको साथ सहयोगको अपेक्षा लिएको बताए ।
वृक्षारोपण अघि औपचारिक कार्यक्रम गरिएको थियो । प्लानेट ग्रिन नेपालका अध्यक्ष पुष्कर जोशिको सभापतित्वमा भएको कार्यक्रममा सेति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तिलख खनाल प्रमुख अतिथी रहेका थिए भने अभिनेत्री तथा एलिजा फाउन्डेसनकि अध्यक्ष एलिजा गाैतमको पनि उपस्थित रहेको थियो ।
त्यस्तै कार्यक्रममा स्थानिय, समाजसेवी, विद्यार्थी, शसस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन स्थानिय समाजसेवी हरि भट्टराईले गरेका थिए ।
कार्यक्रमका लागि सहयोगि संस्थाहरुमा शास्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, प्लानेट मन्टेश्वरी, लाईन्स क्लब अफ अत्तरिया सिटि, एभरेष्ट एकेडेमी, थ्रिडिभिएल क्रियसन रहेका थिए भने बालग्रिस ट्रेडिङस प्रालि व्यवस्थापक रहेको थियो ।