गोदावरी-१० मा बचाउ अभियान समिति गठन, देव सिंह का लागि रकम संकलन शुरु 

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा बचाउ अभियान समिति गठन गरिएको छ । गाउँ समाजका स्थानीय युवाहरु मिलेर उक्त समिति गठन गरिएको हो ।

आर्थिक अभावका कारण कुनैपनि मानवले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले बचाउ अभियान समिति गठन गरिएको बताईएको छ । शनिबार युवाहरुको भेलाले मान बहादुर बोहराको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा राम मलासी, सचिवमा लक्ष्मण बहादुर कठायत, कोषाध्यक्षमा धनु बोहरा रहेका छन् । त्यस्तै सदस्यहरुमा शुरेश माली, दिपक साउँद, मान साँकी, असोक विक, बिस्नु विक र पवन साउँद रहेका छन् ।

समितिको सल्लाहकारमा सन्तोष मल्ल, मनोज खड्का र रमेश ताम्राकार रहेका छन् ।

समितिका सल्लाहकार सन्तोष मल्लले असहाय, बेसहारा, निम्नवर्गीय मानवले आर्थिक अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले बचाउ अभियान समिति नै गठन गरिएको बताए । समितिले बचाउ अभियान सञ्चालन गरेर उपचारका लागि रकम संकलन गरेर पिडितलाई सहयोग गर्ने छ ।

अभियान अन्तर्गत गोदावरी-१० खमौराका देव बहादुर सिंह बचाउ अभियान शुरु गरिसकेको मल्लले बताए । आर्थिक अभावकै कारण १ महिना देखि घरमै थला परेका देव बहादुर सिंह मालाखेती अस्पतालमा उपचारका लागि बेडभर्ना गरिएका उनलाई शुक्रबार सेति प्रादेशिक अस्पताल धनगढीमा रेफर गरिएको उनले बताए ।

मृगी भएकै बेला चोट लागेर थला परेका २८ बर्षीय देव बहादुरका बुवा छैनन् भने घरमा आमा पनि अपाङ्गता छिन्। उनकि एक बहिनि पनि छिन् ।

बचाउ अभियान समितिका सल्लाहकार मल्लले उनको उपचारका लागि सहयोग स्वरुप ५ हजार ५ सय ५ रुपैया रकम आफुबाटै शुरुवात गर्दै समितिले अभियान अगाडि बढाएर करिब ५० हजार सहयोग रकम समेत संकलन गरिसकेको बताए ।

देब सिंह मात्रै नभएर हरेकलाई पर्ने समस्याका लागि निरन्तर अभियान अगाडि बढ्ने समितिका सल्लाहकार मल्लले बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.