गोदावरीमा ८२३ जनाले लिए अपाङ्गता परिचयपत्र

धुर्बओझा/अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाबाट ८ सय २३ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् । अपाङ्गताको अवस्थाका आधारमा क, ख, ग र घ गरि चार समूहमा बिभाजन गरेर नगरपालिकाले हालसम्म ८ सय २३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।

नगरपालिकाले २०७५ चैत मसान्त देखि अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्रीले बताईन् । आर्थिक बर्ष २०७६/०७७ मा २७९,२०७७/०७८ मा २७९, २०७८/०७९ मा १४५ र २०७९/०८० मा १४४ जनाले अपाङ्गता परिचयपत्र लिएको उनले बताईन् । क वर्गका ८९, ख वर्गका ४३१, ग वर्गका १८५ र घ वर्गका ११८ गरी हालसम्म ८२३ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् ।

यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा १४४ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् । क वर्गका १९, ख वर्गका ७४, ग वर्गका ३४ र घ वर्गका १७ जनाले अपाङ्गता परिचयपत्र लिएको महिला तथा बालबालिका शाखा प्रमुख खत्रीले बताईन् ।

हालसम्म नगरपालीकाबाट सबैभन्दा धेरै शारिरिक अपाङ्गता भएका व्यक्तिहरुले परिचयपत्र लिएका छन । हालसम्म अपाङ्गता परिचयपत्र लिनेमा ४८१ जना पुरुष रहेका छन भने ३४२ जना महिला रहेका छन्। सबैभन्दा धेरै अपाङ्गता भएकालाई क वर्गमा राखिएको छ । अपाङ्गता भएकाहरुले भने परिचय पत्र भन्दा पनि आफूहरुलाई उचित व्यवस्थापन गर्नु पर्ने माग गर्दै आएका छन् ।

परिचयपत्र वितरणको शुरुवात देखि प्रत्येक महिनाको १ गते र १६ गते वितरण गरिदै आएको अपाङ्गता परिचयपत्र अहिले प्रत्येक महिनाको १ गते मात्रै वितरण भईरहेको शाखा प्रमुख खत्रीले बताईन् । उनले २०७६ सालमा प्रत्येक वडामा शिबिर बसेपछि २०७६/७७ देखि १ दिन मात्रै बाड्ने निर्णय गरेको बताईन् ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाबाट अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको उपस्थितिमा वितरण गरिने गरेको छ ।

भदौ देखि डिजिटल परिचयपत्र वितरण गरिने तयारी

भदौ १ गतेदेखि डिजिटल अपाङ्गता परिचयपत्र वितरण गरिने तयारी गरिएको छ । गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाले वितरण गर्दै आएको अपाङ्गता परिचयपत्र अब डिजिटल परिचयपत्रका रुपमा वितरण गरिने तयारी रहेको शाखा प्रमुख गोदावरी खत्रीले बताईन् ।‌

उनले अहिले सम्म कागजि हातले लेख्ने परिचयपत्र दिने गरेकोमा‌ अब देखि डिजिटल परिचयपत्र दिने बताईन् । पहिले नयाँलाई दिईने र बिस्तारै पुराना परिचयपत्र पाएकाहरुलाई पनि डिजिटल परिचयपत्र वितरण गरिने उनले बताईन् । उनले पानि बाट नभिज्ने र नच्यातिने खालको खल्तीमा हाल्न मिल्ने डिजिटल परिचयपत्र वितरण गरिने जनाईन् ।

महिला तथा बालबालिका शाखाले एक बर्षमा‌ सञ्चालन गर्यो यि कार्यक्रमहरु
गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाले गत आर्थिक वर्ष २०७९/०८० मा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताएको छ ।

जसमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस, अन्तराष्ट्रिय अपाङ्गता दिवस, महिला बालबालिका सेभ हाउसलाई आर्थिक सहयोग, दृष्टि फाउण्डेशन लाई आर्थिक सहयोग, वडा स्तरीय बाल संरक्षण समिति गठन, गिट्टी कुट्ने महिलाका बालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण र लागू पदार्थ दुर्व्यसनी नियन्त्रण जनचेतना मूलक कार्यक्रम गरिएको शाखा प्रमुख गोदावरी खत्रीले बताईन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.