अछाम : अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पञ्चदेवल नगरपालिका-४ कालिकास्थान नजिकै भएको ट्याक्टर दुर्घटनामा पञ्चदेवल नगरपालिका-६ का अन्दाजी २३ बर्षीय बिर्ख विकको मृत्यु भएको हो ।
मलामी बोकेको भे १ त ६७५६ नम्बरको ट्याक्टरको ट्राली पल्टिदा भएको दुर्घटनामा अन्य ३३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो
