बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

बैतडी : बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । आईतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको हो । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् ।

घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् ।

मृतक अञ्जुकी सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकि इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

घाइते तीन जनाको स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको बताइएको छ । स्थानीयहरुका अनुसार घरमा पूर्ण क्षति पुगेको छ ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.