अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाको न्यायिक समितिमा गत आर्थिक वर्ष २०७९/०८० मा १ सय १७ मुद्धा दर्ता भएका छन् । जसमध्ये ९८ ओटा मिलापत्र भईसकेका छन् । ७२ मुद्धा मेलमिलाप केन्द्र र २६ ओटा न्यायिक समितिमा मेलमिलाप भएका हुन् । अन्य १९ ओटा मुद्धा प्रक्रियामा रहेका छन् ।
सोमबार गोदावरी नगरपालिकाकि उपप्रमुख तथा न्यायिक समिति संयोजक शारदा रोकायाले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन् ।
गत बर्ष सबैभन्दा बढी लेनदेन शिषर्कमा २८ ओटा मुद्धा दर्ता भएका छन् । जसमध्ये २३ ओटा मिलापत्र भईसकेका छन् । १८ मुद्धा मेलमिलाप केन्द्रमा र ५ ओटा न्यायिक समितिमा मिलापत्र भएका हुन्। अन्य ५ ओटा मुद्धा प्रक्रियामा रहेको न्यायिक समिति संयोजक रोकायाले बताईन् । अशं सम्बन्धिका २१ ओटा मुद्धा दर्ता भएकोमा ११ ओटा मेलमिलाप केन्द्र र ९ ओटा न्यायिक समितिमा गरी २० ओटा मुद्धा मिलापत्र भएका छन भने एउटा मुद्धा प्रक्रियामा रहेको छ ।
त्यस्तै जग्गा विवादका १५ ओटा मुद्धा दर्ता भएकोमा ८ ओटा मेलमिलाप केन्द्र र ४ ओटा न्यायिक समितिमा गरी १२ मुद्धा मिलापत्र भएका छन् भने ३ ओटा प्रक्रियामा रहेका छन् । बाटो विवादका १३ मुद्धा दर्ता भएकोमा ८ ओटा मेलमिलाप केन्द्र र २ ओटा न्यायिक समितिमा गरी १० ओटा मिलापत्र भएका छन् भने ३ ओटा प्रक्रियामा रहेका छन् ।
त्यसैगरी सिमाना विवादका १२ ओटा मुद्धा दर्ता भएकोमा ६ ओटा मेलमिलाप केन्द्र र ३ ओटा न्यायिक समितिमा गरी ९ ओटा मिलापत्र भएका छन् भने ३ ओटा प्रक्रियामा रहेका छन् । श्रीमान/श्रीमती बिचको विवादका ८ ओटा मुद्धा दर्ता भएकोमा ४ ओटा मेलमिलाप केन्द्र र २ ओटा न्यायिक समितिमा गरी ६ ओटा मिलापत्र भएका छन् भने २ ओटा प्रक्रियामा रहेका छन् । यस्तै गालीगलौजमा ३, कुटपिटमा १, ढलनिकासमा २, गोरुको खुट्टामा चोट पुगाएको सम्बन्धी १ र घरमाथी छज्जा राखी असर गरेको सम्बन्धी एउटा विवाद दर्ता भएकोमा मेलमिलाप केन्द्रमा नै सबै मिलापत्र भएको संयोजक रोकायाले बताईन् ।
त्यस्तै कोठा खोल्ने सम्बन्धमा, ज्येष्ठ नागरिक पालनपोषण तथा हेरचाह नगरेको सम्बन्धी, कुखुराको खोर बनाई असर गरेको, घरको ठेक्का लिई सम्पन्न नगरेको बारे १/१ मुद्धा दर्ता भएकोमा सबै मेलमिलाप केन्द्र मिलापत्र भएको रोकायाले बताएकी छन् । त्यसैगरी कुटपिट गरेको, ज्याला मजदुरी नदिएको, घरभाडा नदिएको, जग्गा भाडा नदिएको, जग्गाको माटो झिकी बिक्री गरेको, जग्गामा रहेको रुख विरुवाले असर गरेको सम्बन्धी १/१ मुद्धा दर्ता भएकोमा सबै मेलमिलाप केन्द्रमा मिलापत्र गरिएको उनले बताईन् ।
त्यस्तै घर, किचेनको नजिक झ्याल राखी असर गरेको बारे एउटा मुद्धा दर्ता भएकोमा न्यायिक समितिमा मेलमिलाप गरीएको छ र बाली नोक्सानी सम्बन्धी एउटा मुद्धा दर्ता भएकोमा प्रक्रियामा रहेको जनाईएको छ ।
गोदावरी नगरपालिकाको न्यायिक समितिमा उपमेयर संयोजक रहनेगरी दुईजना वडाध्यक्ष र एकजना वडा सदस्य रहेका छन भने गोदावरीका १२ ओटै वडामा ७२ जना मेलमिलापकर्ता रहेका छन् । वडामा वडाकै समाजसेवी महिला पुरुष गरि विभिन्न समुदायका एकजना मेलमिलाप संयोजक र कुनै वडामा ४ जना कुनै वडामा ६ जना गरी मेलमिलापकर्ता रहेका गोदावरीकि उपमेयर तथा न्यायिक समिति संयोजक रोकायाले बताईन् ।
उनले धेरैजसो पहिले गाविसका मेलमिलाप कर्ताहरुलाई अहिले नगरपालिकाको न्यायिक समिति र वडाको मेलमिलाप केन्द्रमा राखिएको बताईन् । आएका विभिन्न मुद्दाहरु नगरको न्यायिक समितिमा दर्ता हुने र सम्बन्धित वडामा पठाउने गरिएको छ । यदि वडामा मिलापत्र हुन नसकेका मुद्दाहरु नगरपालिकाको न्यायिक समितिमा आउने र नगरपालिकामै मेलमिलाप गराईने उनले बताईन् । वडामा बिबादित पक्षले मेलमिलापकर्ता लाई रोजेर विवाद मिलापत्र गरिने गरेको छ ।