कैलारी गाउँपालिकाले निकाल्यो करारका कर्मचारी

धनगढी : कैलालीको कैलारी गाउँपालिकाले आफ्ना ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । गाउँपालिकामा २०७४ देखि कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाइएको हो ।

सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले आफ्नो पुनर्वहालीसहितको माग राख्दै गाउँपालिकालाई सोमबार ज्ञापनपत्र समेत बुझाएका छन् ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष धोजहरिपाल बोहरालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘बिना कारण र बिना विकल्प सेवाबाट हटाउने गरी गरिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जसबाट हामी निकै दुःखी भएका छौँ ।’

उनीहरुले आफूलाई हटाउने निर्णय फिर्ता लिन पनि माग गरेका छन् । आफूहरुलाई पुनर्बहाली गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने, समावेशी विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक भारको कारण भए त्यसको अन्य विकल्प खोजी समाधान गर्नुपर्ने उनीहरुको माग छ ।

कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले गाउँ कार्यपालिकाले करार कर्मचारीको करार म्याद साउनदेखि नवीकरण नगर्ने निर्णय गरेको बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.