अत्तरिया : कैलालीको स्याउलेमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको स्याउले बजार व्यवस्थापन समितिले आज वडाका बिभिन्न ठाउहरुमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको हो ।
समैजी माविमा रहेको स्काउटका विद्यार्थी र दुर्गाज्योति बोर्डिङ स्कुलका विद्यार्थीको सहयोगमा समितिले वडाका भिन्नि ठाँउहरुमा वृक्षारोपण तथा सरसफाई गरेको स्याउले बजार व्यवस्थापन समितीका अध्यक्ष गोपाल देउवाले बताए । उनले स्याउले सहरी स्वास्थ्य केन्द्र मजगाउबाट सुरुवात गरी समैजी मावि, स्याउले बजार, स्याउले प्रहरी पोष्ट हुदै विश्वनाथ महादेव मन्दिरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको बताए ।
‘आफ्नो ठाँउ आफै बनाऊ’ भन्ने अभियानका साथ समितिले र आफ्नो पनि आज जन्मदिन परेकाले सोही अवसरमा वृक्षारोपण र सरसफाई कार्यक्रमको आयोजना गरेको अध्यक्ष देउवाले बताए । उनले यस्ता कार्यक्रमहरुले स्थानीयबासीहरूलाई वातावरण र सरसफाईको बारेमा जानकारी दिनुका साथै चेतना अभिवृद्धि गर्ने काम समेत भएको बताए । फोहोर व्यवस्थापन गर्ने र वातावरण स्वच्छ राख्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।
केही दिन अगाढी पनि स्याउले बजारमा समितीले सरसफाई गरेको थियो । स्याउले बजार व्यवस्थापन समितीका अध्यक्ष तथा समाजसेवी देउवाको नेतृत्वमा वडा नम्बर ८ मा पटकपटक वृक्षारोपण, सरसफाई लगायतका बिभिन्न कार्यक्रमहरु हुदै आएका छन् । हार्डवेयर व्यवसायी समेत रहेका देउवाले आफ्नो ट्याक्टर प्रयोग गरेर केही दिन अगाढी बजारमा व्यवसायी र स्थानियको सहभागितामा सरसफाई गरेका थिए ।समाजसका हरेक कार्यमा अग्रसर रहदै आएका देउवाले वडामा मृत्यु भएका मानिसको शव घाट सम्म लैजानका लागि समेत आफ्नो ट्याक्टर सहयोग गर्दै आएका स्थानियले बताएका छन् ।
त्यस्तै गोदावरी नगरपालिकाले आजबाट स्याउले सहरी स्वास्थ्य केन्द्र मजगाँउबाट शुरु गरेको डेंगु रोगबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियानमा समेत सहभागी भएको बताए । उनले आजको वृक्षारोपण तथा सरसफाई कार्यक्रम संगसंगै स्वास्थ्यको कार्यक्रममा पनि सहभागी भएर अभियान सफल पार्न लागिएको अध्यक्ष देउवाले बताए ।
