बल्ल तात्यो अत्तरिया उद्योग वाणिज्य संघ,कार्यालयको निर्माणाधीन भवन वरिपरी लगायो तारजाली

अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले आफ्नो कार्यालय वरिपरी तारजाली लगाएको छ । संघमा नयांँ नेतृत्व आएसँगै अधुरो कार्यालयको निर्माणाधीन भवनको कामलाई अगाडि बढाउने क्रममा कार्यालय वरिपरी तारजाली लगाईएको हो ।

निवर्तमान नेतृत्वले बेवास्ता र लापरवाही गरेको संघको नवनिर्माणाधिन भवनमा अहिले भर्खरै निर्वाचित भएर आएको संघको टिमले चासो देखाएको छ ।

संघका पदाधिकारीहरु मिलेर सरसफाई देखि ५/ ६ दिन लगाएर तरजालि लगाउने काम सम्पन्न भएको संघका महासचिव शंकर खड्काले बताए । उनले अधुरो भवनको निर्माण काम भदौमा शुरु हुनेगरी संघको टिम अगाडि बढिरहेको बताए ।

अहिले भवन वरिपरी सरसफाई र तारजाली लगाईएको बताउदै अब कार्यालय वरिपरी वृक्षारोपण पनि गरिने बताए । संघका महासचिव खड्काका अनुसार अब अत्तरिया उद्योग वाणिज्य संघ पसल दर्ताको लागि व्यापारीहरुको पसल पसलमा नगएर कार्यालयमै आउने खालको वातावरण बनाउने बताए ।

संघले केहिदिन अगाडि मात्रै अत्तरिया बजारमा सरसफाई गरेको थियो। त्यस्तै अत्तरिया क्षेत्रका व्यवसायीहरुलाई बोलाएर संघको कार्यालयमा सुझाव सल्लाह लगायत अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेको थियो ।

अधुरो निर्माणाधीन संघको कार्यालय भवनलाई चाडै निर्माण सम्पन्न गर्ने गरि संघका पदाधिकारीहरु लागिपरेका छन् । अहिलेको नयाँ टिमले व्यवसायीहरुको हकहितका लागि केहि गर्छ कि भन्ने अत्तरियाका व्यापारीहरुले आसा लिएका छन् ।

२०७१ सालमा स्थापना भएको संघमा तेस्रो कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित भएको छ । संघको नेतृत्वका लागि केहिदिन अगाडि निर्वाचन भएको थियो । निर्बाचनले आगामी २ बर्षको लागि नेतृत्व चयन गरेको हो । संघको अघिल्लो अधिबेशन २०७५ मा भएको थियो। तर नियमित अधिबेशन नहुँदा ५ बर्ष पछि अधिबेशन भएको हो । हाल संघका सदस्य १५ सय ६३ रहेका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.