अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बजारबाट लागुऔषध सहित २ व्यापारी पक्राउ परेका छन ।
आज लागुऔषध सहित स्याउले बजारबाट चम्फा ट्याक्टरको पाटपुर्जाको पसल संचालक गरेका धनगढी उप–महानगरपालिका-५ हसनपुरका ३२ बर्षीय सरद चौधरी र जेयसके फेन्सी स्टोर पसल संचालका मधुसुदन पन्त पक्राउ परेका हुन ।
पक्राउ परेका चौधरीको साथबाट ६ ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन ।
