चौकिडाँडाँ महिला सामुदायिक वनले शुरु गर्यो टोल भेला

अत्तरिया : कैलालीको गोदावरी-३ मा रहेको चौकिडाँडाँ महिला सामुदायिक वन उपभोक्ता समुहले टोल टोलमा बिबिध कार्यक्रम शुरु गरेको छ । आजबाट शुरु भएको कार्यक्रममा वन विनास,वन संरक्षण वृक्षारोपण र खुल्ला चरिचरन लगायतका विविध बिषयमा छलफल तथा उपभोक्ता टोल भेला कार्यक्रम शुरु गरेको हो ।

सामुदायिक वनसंग आवद्ध उपभोक्ताहरुको बस्ती रहेको टोल टोलमा कार्यक्रम शुरु गरिएको छ । आज बिहान मालिकाटोलबाट शुरु गरेको उक्त कार्यक्रम १६ गते सम्म सञ्चालन हुने जनाईएको छ ।

टोल भेला कार्यक्रममा उपस्थित नहुने उपभोक्ताहरुलाई ५ सय रुपैयाँ जरिवाना समेत तोकिएको छ । सामुदायिक वन समुहले ५ दिनसम्म सञ्चालन गर्ने टोल भेलामा उपभोक्ताहरुलाई आ-आफ्नो टोलमा उपस्थित भईदिनहुन सूचना जारी संगै माईकिङ गरेर आग्रह गरेको छ ।

त्यस्तै चौकीडाँडा महिला सामुदायिक वन समुहले यहि साउन ११ गतेदेखि सो वन क्षेत्र भित्र खुल्ला रूपमा गाई, बाख्रा, भैसी चरीचरन‌ पुर्णरुपमा बन्द भएको बताएको छ ।

सो मिति पछि उक्त सामुदायिक बन क्षेत्रमा चरी चरन गराइएको पाईएमा दण्ड जरिवाना गरिने जनाएको छ ।

गाई, गोरु भैसी पहिलो पटक रु.१५०, दोस्रो पटक २०० र तेस्रो पटक २५०, भेडा बाख्रा पहिलो पटक रु.१००, दोस्रो पटक १५० र तेस्रो पटक २०० रुपैया जरिवाना गरिने समुहले जनाएको छ भने चौथो पटक पशु चौपाया जफत गरी लिलाम बिक्री गरिने समेत बताईएको छ।

कार्यालयमा सूचना जारी संगसंगै उपभोक्ताहरुको टोलटोलमा गएर माईकिङ समेत गरेको वन समुहले बताएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.