अत्तरीया : कैलालीको अत्तरियामा सल्यानबाट ल्याइएको सिम्ला मिर्च तरकारीमा विषादी भेटिएपछि शुक्रबार नष्ट गरिएको छ । अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा एक क्विन्टल बढी सिम्लामा उपभोग गर्न नमिल्ने विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको हो ।
कार्यालयका बालि संरक्षण अधिकृत प्रमोद ठगुन्नाले सिम्लामा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट प्रतिशत भेटिएकाले नष्ट गरिएको बताए । उनले तरकारीमा ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गरिने गरेको बताए ।
उक्त सिम्ला कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुरुप प्रालिमा भेटिएको थियो । विषादी फेला परेको सिम्ला शुक्रबार बिहान मात्रै ल्याइएको पसलका विक्रेता रमेश सुनारले बताए ।
यसअघि असार २४ गते बैतडीबाट ल्याएको ४ क्यिुन्टल सिमलामा विषादी भेटिएपछि नष्ट भेटिएको थियो ।