अत्तरिया : कैलालीको अत्तरियाबाट लागुऔषध खैरो हिरोइन सहित ३ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषकमा खटिएको प्रहरी टोलीले अत्तरिया बजारका छुट्टाछुटै स्थानबाट ३ जनालाई पक्राउ गरेको हो ।
शुक्रबार डडेल्धुराको पर्शुराम नगरपालिका-११ घर भई हाल कैलालीको गोदावरी नगरपालिका-१ मा डेरा गरि बस्ने २७ बर्षीय खडक बिष्टलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ८० मिलीग्राम लागुुऔषध खैरो हिरोइन वरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीसंगै बस्ने आलिताल गाउँपालिका-६ का ३२ बर्षीय बिष्णु बिष्टको साथबाट पनि ७० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको डिएसपी गणेश बरालले बताएका छन ।
शुक्रबार नै गोदावरी नगरपालिका-२ महेन्द्रनगरबाट २१ बर्षीय दिलिप कडायत पनि लागुऔषध सहित पक्राउ परेका छन । उनको साथबाट ९६५ मिलीग्राम लागु औषध खैरो हेरोईन फेला परेको थियो ।
पक्राउ परेका तिनै जनालाई नियन्त्तणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
