चौकीडाँडामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु 

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत आइतबार साँझ सुपप्र ०१ ००२ त ६४१९ नम्बरको टयाक्टर र विपरित दिसातर्फ जाँदै गरेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो ।

उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत रहेका थिए। सोही दुर्घटनामा मोटरसाइकलको पछाडी सवार प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हेमराज ताउडाको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.