अत्तरिया : कैलालीको खैराला स्वास्थ्य चौकीलाई एम्बुलेनस हस्तान्तरण गरिएको छ । जिल्लाको चुरे गाँउपालीका वडा नम्बर २ मा रहेको उक्त स्वास्थ्य चौकीलाई दुर्गा-दशरथ स्मृति प्रतिष्ठान अत्तरियाले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
सोमबार नेकपा एमालेका सचिब एवम् प्रतिष्ठानका संरक्षक लेखराज भट्टले एक कार्यक्रमका बिच चुरे गाँउपालीकाका अध्यक्ष चक्र बोगटीलाई हस्तान्तरण गरेका हुन् । नेपाल भारत सहयोग अन्तर्गत गोदावरी नगरपालीका वडा नम्बर १ मा रहेको दुर्गा-दशरथ भट्ट स्मृति प्रतिष्ठानलाई प्राप्त एम्बुलेन्स खैराला स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
चुरे गाउपालिकाका अध्यक्ष बोगटीले एम्बुलेन्स सहयोग गरेकोमा धन्यवाद दिदै लेखराज व्यक्ति मात्रै नभएर यस क्षेत्रको विकासको खम्बा पनि भएको बताए । उनले अब चुरेका दुर्गम बस्तीका बिरामीहरुलाई अस्पताल सम्म ल्याउन र लैजान सहज हुने बताए । चुरेबासिका लागि यो ठुलो सहयोग भएको बताउदै अध्यक्ष बोगटीले यस्ता सहयोगका लागि अझै अपिल गरे ।
नेकपा एमालेका सचिब लेखराज भट्ट र एमालेका गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्टका स्वर्गीय माता पिताको नाममा दुर्गा-दशरथ स्मृति प्रतिष्ठान खोलिएको थियो । सोहि प्रतिष्ठानले गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ भने उक्त प्रतिष्ठानले सामाजिक क्षेत्रका बिभिन्न ठाउमा सेवा दिदै आएको बताईएको छ ।