कैलालीको स्याउले बजारमा ‘ग्रील स्याउले’ क्याफे सञ्चालनमा

अत्तरिया : कैलालीको गोदावरी नगरपालीका-८ स्याउले बजारमा सुविधासम्पन्न ‘ग्रील स्याउले’ क्याफे सञ्चालनमा आएको छ । स्थानिय विकास बोगटीले करिब १५ लाखको लागतमा ग्रिल स्याउले क्याफे सञ्चालनमा ल्याएका हुन् ।

Godawari_Tato hawa_Lu

आफ्नै ठाउँमा केही गरौ भन्ने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएको सञ्चालक बोगटीले बताए । उनले सरसफाईलाई मध्यनगर गर्दै ग्राहकहरुको चाहना अनुरुपका हाईजेनिक फुडहरु क्याफेमा प्रदान गरिने बताए । सादा खाना अर्डर अनुसार तयार गरीने भन्दै उनले गाँउ घरमै उत्पादन भएका अर्गानिक तरकारी, लोकल कुखुराको मासु पनी ‘ग्रील स्याउले’ क्याफेमा उपलब्ध हुने बताए ।

क्याफेको बुधबार एक कार्यक्रमका बिच अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात बोल्दै अध्यक्ष बोहोराले व्यवसायहरु खुल्ने क्रम बढ्नु स्वाभाविक रुपमा राम्रो भएको बताउदै उनले पछिल्लो समय व्यवसायहरु नयाँ अवधारणाका साथ व्यवस्थीत हुदै गएका बताए ।उनले आधुनिक तरीकाले व्यवसाय सञ्चालन गर्दा सफल भईने भन्दै ग्राहकको माग बमोजिम व्यापारीहरु चल्नुपर्ने बताए । अध्यक्ष बोहराले व्यवसायीहरुको समस्या समाधानका लागि उद्योग वाणिज्य संघ अत्तरिया सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यस्तै स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले स्याउलेमा क्याफे खुल्नु खुसीको कुरा भएको बताए । उनले बजारमा आगन्तुकहरुलाई राम्रो होटलमा लैजानको लागि पनि एउटा क्याफेको आवश्यकता रहेकोमा ग्रिल स्याउलेले उक्त आवश्यकता पुर्ति गरेको बताए । आफ्नै देशमा केहि गरौँ भन्ने भन्ने युवाको सोचले अन्य व्यापारीलाई पनी उत्साहित बनाउने उनको भनाई छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.