दुई मन्त्री थपिएसंगै सुदूरपश्चिम सरकारले पायो पूर्णता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकाले बुधवार पूर्णता पाएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । बुधवार नियुक्त भएका तीनै जनाले शपथ ग्रहण पनि लिइसकेको छन् ।

आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए ।

माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.