गोदावरीकी पुर्व उपमेयरले मनाईन अनाथ बालबालिका संग जन्मदिन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाकी पुर्व उपमेयर रत्ना कडायतले आफ्नो जन्मदिन अनाथ बालबालिका संग मनाएकी छिन । गोदावरी नगरपालिका-२ मा रहेको महिला तथा बालबालिका सेभ हाउसमा बस्ने अनाथ बालबालिकासंग उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।

आफू जन्मेको दिनको खुसि साटासाट गर्न सेभ हाउस रोजेकी कडायतले बालबालिकालाई एक छाक खान खुवाउँदै विभिन्न सामाग्री पनि सहयोग गरेकी थिइन् । जस अन्तरगत उनले बालबालिकालाई स्टेस्नरी, खेलकुदका सामाग्री संगै ग्यास सिलेण्डर सहयोग गरेकी थिइन् ।

उनले घरमा जन्मदिन मनाउनुु भन्दा सेभ हाउसमा साना बालबालिका संग मनाउन पाउँदा निकै आनन्द महशुस हुने बताइन् ।विगतमा पनि यसरी नै विपन्न,अनाथ, बालबालिका महिला संग जन्मदिन मनाउँदै आएकाले त्यसैलाई निरन्तरता दिदैं यस बर्ष पनि जन्मदिन सेभ हाउसमा मनाएको उनले बताइन् ।

सेभ हाउसमा जन्मदिन मनाएकोमा धन्यवाद दिदै अध्यक्ष जानकी मलासीले एक दिनको लागि भएपनि बालबालिका रमाउन पाएको बताइन् । यसअघि भाडाको घरमा संचालित सेभ हाउस हाल अत्तरियाको महेन्द्रनगर रोडमा रहेको पदमा अस्पतालले उपलब्ध गराएको भवनमा निशुल्क रुपमा संचालनमा रहेको छ ।

पदमा अस्पतालले निःशुल्क भवन सहयोग गर्दा निकै सहज भएको बताईन् । उनले पछिल्लो समय नगरपालिकाले पनि सहयोग गर्दा सेभ हाउस संचालनमा सहज भएको बताएकि छिन् । नगरपालिकाबाट २ बर्ष भित्रमा आफ्नै भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता आएकाले आगामी दिनमा सेभ हाउस संचालन गर्न अझै सहज हुने अध्यक्ष मलासीले बताइन । २०७३ सालमा अत्तरियामा स्थापना भएको महिला तथा बालबालिका सेभ हाउसमा हाल २८ जना बालबालिका आश्रीत रहेका छन् ।

त्यस्तै जन्मदिनको अवसरमा कडायतले इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गरेका २ विद्यार्थीलाई सम्मान र सहयोग गरेकी थिइन । घरमै आफ्नै लगानीमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्ने गेटाको सरस्वती मावि कक्षा १० मा अध्ययनरत पारस खड्का र दिनेश विष्टलाई कडायतले सेभ हाउसमै आयोजित बर्थ डे पार्टीमा सम्मान गर्दै स्टेस्नरी सामान र आर्थीक सहयोग पनि गरेकी थिइन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.