अत्तरिया : कैलालीमा एक वृद्ध मृत फेला परेका छन । गौरीगंगा नगरपालिका- ६ मैयाका ६० वर्षीय बजारु डगौरा थारु मृत फेला परेका हुन् ।
शनिवार राति उनको शव घर नजिकैको धान खेतमा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिवार थारु बेहडाबाबा गएका थिए ।
उनी बेहडाबाबाबाट घर फर्किदा धान खेतमा मृत फेला परेका हुन् । घटनाबारे थप अनुसन्धन जारी रहेको प्रहरीले बताएको छ ।
