अत्तरियामा अपाङ्गता भएका किशोर किशोरीहरुका लागि स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वच्छता सम्बन्धी सामाग्री वितरण

अत्तरिया : कैलालीको अत्तरियामा १ दिने अभिमुखीकरण कार्यकम र स्वच्छता सम्बन्धी सामाग्री वितरण कार्यक्रम आज (बिहीबार) सम्पन्न भएको छ । परिलक्षित संस्थाको आयोजनामा अपाङ्गता भएका किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गोदावरी नगरपालिका र धनगढी उप महानगरपालिका भित्र रहेका २५ जना अपाङ्गता भएका किशोर किशोरीहरुलाई अभिमुखीकरण संगै स्वच्छता सम्बन्धी सामाग्री वितरण गरिएको परिलक्षित संस्थाको फिल्ड कार्यक्रम अधिकृत पुष्पा रोकायाले बताईन् ।

कार्यक्रममा स्वस्थ सरसफाई, महिनावारी, किशोरा अवस्थाको परिचय र यस अवस्थामा हुने परिवर्तन, स्वस्थ्य संस्थाहरु बाट पाउने सेवा सुविधा, हातधुने तरिका, किशोराअस्थामा चाहिने पोषण आदि विषयमा छलफल गरिएको उनले जनाईन् ।

तालिममा शारीरिक, बहिरा, न्युन दृष्टिविहीन आदि अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो भने उनीहरुका अभिभावकहरूको पनि सहभागिता रहेको रोकायाले बताईन् । कार्यकमको सहजीकरण गोदावरी नगरपालिकाका जनस्वस्थ्य निरीक्षक जनक राज अवस्थी र सिनियर अनमी शान्ति बलम्पाकीले गरेकी थिईन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.