धनगढीमा गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन् । अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी उपमहानगरपालिका-१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएको बताए । औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको डीएसपी चन्दले बताए ।

मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । उनिहरुले दोषीलाई कारबाहीको माग गर्दै दिउसो जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका थिए भने प्रहरी अगाडी विरोध गर्दै सडक समेत अवरुद्ध गरेका थिए ।

घटनापछि क्लिनिक सञ्चालक विनोदमणि जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्दले बताए ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.