अत्तरिया : कैलालीको बुढितोलाका पहिरो पिडितहरुलाई राहत वितरण गरिएको छ । गोदावरी नगरपािलका-४ बुढितोलाका पहिरो पिडितलाई नेकपा एमाले गोदावरी नगर कमिटीले राहत वितरण गरेको हो ।
खाद्यान्न, टेन्ट, त्रिपाल, कम्मल लगायतका सामाग्री वितरण गरेको गोदावरी नगर कमिटी उपाध्यक्ष सन्तोस सिंहले बताए । उनले पहिरो पिडित घरपरिवारलाई खाद्यान्न अन्तर्गत ६ कठ्ठा चामल, दाल, नुन, तेल लगायतका सामाग्री वितरण गरेको र १७ ओटा कम्मल, ४ ओटा टेन्ट र त्रिपाल पनि वितरण गरेको बताए ।
राहत सामाग्री सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा गोदावरी नगरपालिकाका पुर्व नगरप्रमुख हरी सिंह साउँदले हस्तान्तरण गरेका थिए । राहत वितरण कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिीती रहेको थियो ।
खाद्यान्न अभाव भएका त्यहाँका स्थानीयले सहयोग पाएपछि राहत महसुस भएको जनाएका छन् । गत सोमबार राति परेको अविरल बर्षाका कारणले आएको पहिरोले त्यहाका स्थानियको बस्तीमा क्षति गरेको थियो ।
त्यस्तै एमाले गोदावरी नगर कमिटीले गोदावरी धाममा बस्दै आएकी बाढी पिडित मातालाई पनि खाद्यान्न सामाग्री सहयोग गरेको छ ।