एमाले गोदावरी नगर कमिटीद्धारा गोदावरी-९ का स्व.रतन भट्टराईको परिवारलाई राहत सहयोग

अत्तरिया : नेकपा एमाले गोदावरि नगर कमिटि कैलालीले गोदावरी-९ धनचौरीको एक परिवारलाई राहत सामाग्री सहयोग गरेको छ । बिहीबार खुटिया खोलामा बगेर मृत्यु भएका रत्नप्रसाद भट्टराईको परिवारलाई एमाले गोदावरि नगर कमिटिले आज राहत सहयोग गरेको हो ।

आर्थिक स्थिति कमजोर भएका स्वर्गिय भट्टराईको परिवारलाई ४ थान ब्लाङ्केट, २ बोरा चामल, तेल, चिनि, १० केजि आटा, चियापत्ति, दाल लगायत खाद्यान्न सामाग्रीहरु र ३ हजार ५ सय नगद रुपैया पनि सहयोग गरेको नगर कमिटी उपाध्यक्ष सन्तोष सिंहले बताए । उक्त राहत सामाग्री नेकपा एमाले कैलाली जिल्ला कमिटि सदस्य रतना कुवँर जोशिले पिडित परिवारलाई हस्तान्तरण गरेकी थिईन् ।

राहत वितरण कार्यक्रममा नगर उपाध्यक्ष सन्तोष सिंह, नगर सचिवालय सदय बिक्रम बिष्ट, रुपेश बिक, छबिन्द्र नाथ, इश्वर बडुवाल तथा नगर सदस्य दिपेन्द्र भण्डारि, वडा सदस्य धुर्ब भट्टराई, वडा कमिटि अध्यक्ष कुमार जप्रेल, नबिन बुढामगर लगायतको सहभागिता रहेको थियो ।

यस्तै शुक्रबार नेकपा एमाले गोदावरि नगर कमिटिले गोदावरी नगरपािलका-४ बुढितोलाका पहिरो पिडित, गोदावरी धाममा बस्दै आएकी बाढी पिडित माता जी, वडा नम्बर १२ का मान बहादुर धामि र जनप्रभात टोलबासि देउखला तिरुवालाई पनि राहत सामाग्री सहयोग गरेको नगर कमिटी उपाध्यक्ष सिंहले बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.