महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा सवारी बन्द पछि आज खुल्यो आवतजावत

कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो, आज बिहानै देखि खोलेको छ ।

 

बिहीवार साँझदेखि नै पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइँदै आएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.