कैलालीको बोराडाँडीमा न्यु सुदूरपश्चिम दोहोरी साँझ एण्ड लज सञ्चालनमा

अत्तरिया: कैलालीको धनगढी अत्तरिया ६ सडकखण्ड अन्र्तगत बोराडाँडीमा न्यु सुन्दर सुदूरपश्चिम दोहोरी साँझ एन्ड लज सञ्चालनमा आएको छ । बोराडाँडीमा रहेको भाटभटेनी नजीकै सञ्चालनमा आएको न्यु सुन्दर सुदूरपश्चिम दोहोरी साँझ एन्ड लजको शुक्रबार होटल व्यवशायी संघकी केन्द्रीय उपाध्यक्ष एवम् गोदावरी होटल व्यवशायी संघकी अध्यक्ष धना चोखालले रिबन काटेर उद्घाटन गरेकी छन् ।

 

उद्घाटन कार्यक्रममा बोल्दै चोखालले न्यु सुन्दर सुदूरपश्चिम दोहोरी साँझ एन्ड लजले होटल व्यवशायको क्षेत्रमा एक ईटा थप्ने काम गरेको बताईन् । दोहोरी साँझ एन्ड लज महिलाले नै सञ्चालन गरेको भन्दै उनले उदाहरणीय काम भएको बताईन् । विमला पौडेल चन्दले ५५ लाखको लगानीमा उत्त दोहोरी साँझ तथा लज सञ्चालनमा ल्याएकी हुन् । उनले यस क्षेत्रमा रोजगारीको सिर्जना तथा पर्यटक आकर्षीत गर्ने उदेश्यले आफुले दोहोरी साँझ एन्ड लज सञ्चालनमा ल्याएको बताईन्।

 

उद्घाटन कार्यक्रममा होटल व्यवशायी संघ कैलालीका अध्यक्ष केशव दत्त पाण्डे, होटल व्यवशायी महासंघका सदस्य दिल बहादुर खत्री,चर्चित डेउडा गायक भुवन दाहाल लगायतको उपस्थीती रहेको थियो । दोहोरी साँझ एण्ड लजमा ख्याती प्राप्त कलाकाहरुको उपस्थीती रहने तथा बास बस्नकालागी सुविधा सम्पन्न कोठाहरुको व्यवस्था रहेको सञ्चालक चन्दले जनाएकी छन्।

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.