धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया : धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

 

धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट २ सय मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित धनगढी उपमहानगरपालिका-१३ मोहनपुरका २३ वर्षीय सुनिल चौधरी शुक्रवार साँझ पक्राउ परेका हुन्।

 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेलापारी उनलाई पक्राउ गरेको जनाएको छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.